Posts

प्रधानमन्त्री देउवासँग ओलीले भने : माग पूरा नहुन्जेल कुनै पनि संसदीय प्रक्रियामा सहयोग हुँदैन

  काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  एमालेले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै त्यसको विरोधमा संसद्‍मा नाराबाजी गर्दै आएको छ । भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

नेपाल टी-२० विश्वकपमा पुग्न असफल

  १० फागुन, काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।